Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, जुम्ला

इलाका प्रशासन कार्यालय , नराकोट, जुम्ला

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, जुम्ला

इलाका प्रशासन कार्यालय , नराकोट, जुम्ला

मंगलवार, श्रावण १९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

हिमाली जिल्लाहरू मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो । भौगोलिक रूपमा विकट र दुर्गम भए तापनि नेपालको इतिहासमा जुम्ला जिल्लाको आफ्नै महत्वपुर्ण पहिचान रहेको छ । नेपालको एकिकरणा हुनु पुर्व वाइसे राज्यहरूको मुख्य केन्द्रको रूपमा रहेको जुम्ला नेपाली भाषा र संस्कृतिको उदगम स्थल हो । मध्यकालिन युगमा जुम्ला एक समृद्र एवं शत्तिशाली राज्यको रूपमा रहेको तथ्य इतिहास अध्यनबाट प्रस्ट हुन्छ । यहाँका जनताको माग, चाहना र आवश्यकता अनुसार नेपाल सरकारको निर्णयनुसार  मिति २०७३/०३/१७ गतेका दिन उद्घाटन गरी सेवा शुभारम्भ गरिएको हो । यस कार्यालय समुन्द्री सतह देखि २५१४ मिटर मिटर सम्मको उचाई मा रहेको  इलाका प्रशासन कार्यालय भौगोलिक अवस्थितिका हिसावले  २९ डिग्री २४ मिनेट ४९सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री 0 मिनेट ५५ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस कार्यालय जुम्ला जिल्लाको सदरमुखकाम खलंगा देखि करिव ५५ किमि दुरीमा पश्चिम भागमा रहेको छ । नेपाल सरकार गृह मन्‍‍त्रालयबाट संचालित यस कार्यालयको कार्यक्षेत्र साविकको (मालिकाबोता, कनकासुन्दरी, बिरटा,पाण्डवगुफा  गाउँ विकास समिति ) हालको कनकासुन्दरी गाउँपालिका वडा नं. २,३,४,५,६,७,८ र ( धापा,नराकोट र शनिगाउँ गाउँ विकास समिति) सिंजा गाउँपालिका वडा नं. १,२,३,४,५,६ ( बड्की, कालिकाखेतु र महाबैपाथरखोला गाउँ विकास समिति) हिमा गाउँपालिका वडा नं. १,२,३,४,५,६,७ सबै वडाहरुलाई कार्य क्षेत्र बनाएर, नयाँ तथा प्रतिलिपि नागरिकताहरु जारी तथा वितरण गर्ने, दलित सिफारिस, आदिवासि जनजाती सिफारिस, पिछडिएको सिफारिस, खस आर्यको सिफारिस, राष्ट्रिय परिचयपत्र, वितरण, विभिन्न प्रमाणपत्रहरु प्रमाणिकरण तथा सिफारिस, बजार लगायत विभिन्न क्षेत्र तथा कार्यालयहरुको अनुगमन, समन्वय तथा रिपोर्टिङ, नागरिकहरुको उजुरी तथा गुनासो सुनुवाई तथा अन्य तोकिएका कार्यहरु सम्पन्‍न गर्नका लागि स्थापना गरिएको हो ।    जुम्ला जिल्लाको कुल भुभाग ८.११ प्रतिशल ओगट्ने  यस कार्यालयको कार्यक्षत्र ५११.०१ वर्ग कि.मि भु-भाग रहेको  छ  । राष्ट्रिय जनगणना २०७८ अनुसार यस क्षेत्रको जनसंख्या  ३८३७२ रहेको जसमा महिलाको जनसंख्या १९०७१ पुरूषको जनसंख्या १९३०१ रहेको छ ।  जहाँ धार्मिक रूपमा बुँदबुँदी केदार नाथ तिर्थ स्थल,मठ मन्दिरको रूपमा  देउली माई, मालिका बाँओ , रोप्नी माई ऐतिहाँसिक रूपमा पञ्चदेवल, त्रिदेवल, पाण्डवगुफा, विराट दरवार, गरुडनुहनी, तिलिचौरमाई, कनकासुन्दरी मन्दिर, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेविको मन्दिर, बुलबुले पाटन पर्यटकिय ताल, छेडे महादेव मन्दिर, जार्जगुफा धार्मिक , सास्कृतिक , ऐतिहाँसिक  पर्यटकिय  हिसावमा आफ्नै महत्व बोकेको छ । पर्यटकिय रूपमा पनि  उतिकै महत्व रहेको छ। क्षेत्री ब्राम्हण, दलित, ठकुरी जातिहरुको मिश्रित बसोबास रहेको यस क्षेत्रमा मुख्य बोलिचालिको भाषा खस नेपाली भाषा रहेको छ । धार्मिक रुपमा हिन्दु धर्मालम्बिको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने मुख्य चाडपर्वहरुमा दशै, तिहार, जनैपुर्णिमा, माघे संक्रन्ति,साउन पुर्णिमा, चैत्य दशै आदि रहेका छन । धार्मित तथा भाषिक रुममा एकरुपता रहेको ।


पछिल्लो अपडेट गरिएको : 2083-03-32 20:52:40

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय , नराकोट, जुम्ला